काठमाडौँ । सरकारले आगामी वर्षका लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.०१ प्रतिशत, पुँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ९९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७५ अर्ब २४करोड अर्थात् १९.१ प्रतिशत रहेको छ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन रहेको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट रु. ५३ अर्ब ४५ करोड व्यहोर्दा रु। ५ खर्ब ९५ अर्ब ६६ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब ३३अर्ब ६६ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।
प्रतिक्रिया