वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सभाको बैठक बस्ने, बजेट पारित गर्ने कार्यसूची

अर्थलगानी
२०८२ असार १८, बुधबार

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे नयाँ बानेश्वरमा बस्न लागेको छ। बैठकमा विनियोजन विधेयक, २०८२ का सम्बन्धमा विभिन्न मन्त्रालय र शीर्षकहरूमा छलफल हुनेछ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न विधेयकहरू पारित गर्न प्रस्ताव गर्नेछन्।
१८ असार। काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए ।

यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभा समक्ष टेबुल गर्नुहुने कार्यसूची निर्धारण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी