वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कारोबारको पहिलो दिनै नेप्सेमा २६.१६ अंकको गिरावट

अर्थलगानी
२०८० आश्विन २९, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साताको कारोबारको पहिलो दिन आज सोमवार दाहोरो अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से २३.१६ अंकले घटेर १ हजार ८ सय ५१ दशमलब ४३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से २३.१० अंकले घटेर १ हजार ८ सय ७१ दशमलब ६५ बिन्दुमा पुगी बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । आज १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २११ कम्पनीको शेयरमूल्य घटेको छ, ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्यमा ७.८७ प्रतिशत वृद्धि भइ प्रतिकित्ता ७४० रुपैयाँ पुगेको छ ।

आज सयपत्री हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको कारोबार सर्वाधिक भएको छ । यसको ६ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साताको कारोबारको पहिलो दिन आज सोमवार दाहोरो अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से २३.१६ अंकले घटेर १ हजार ८ सय ५१ दशमलब ४३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से २३.१० अंकले घटेर १ हजार ८ सय ७१ दशमलब ६५ बिन्दुमा पुगी बन्द भएको थियो । त्यस्तै, आज नेप्सेमा उच्च गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । आज १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २११ कम्पनीको शेयरमूल्य घटेको छ, ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज नेप्सेमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्यमा ७.८७ प्रतिशत वृद्धि भइ प्रतिकित्ता ७४० रुपैयाँ पुगेको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको कारोबार सर्वाधिक भएको छ । यसको ६ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।