वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकको लाभांश शेयरधनिको खातामा

अर्थलगानी
२०८० मंसिर ७, बिहीबार

काठमाडौँ। सिद्धार्थ बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ।

बैंकले खाता अद्यावधिक गराएको शेयरधनीको बैंक खातामा मंसिर ५ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो।

सोही दिन बैंकले सम्पन्न गरेको १५औँ वार्षिक साधारण सभाले पारित गरेको ४.२१ प्रतिशत नगद लाभांश करसहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ।

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई आफ्‌नो निक्षेप सदस्यकोमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न शेयर रजिस्टार सिद्धार्थ क्यापिटलले अनुरोध गरेको छ। त्यस्तै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको हकमा पनि शेयर अभौतिकीकरण भए पश्चात् स्वतः बैंक खातामा जम्मा गरिने हुँदा आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘शेयर मिति २०८०र०७र२० गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने व्यहोरा समेत यसै सूचना मार्फत मार्फत जानकारी गराउँदछौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिद्धार्थ बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ। बैंकले खाता अद्यावधिक गराएको शेयरधनीको बैंक खातामा मंसिर ५ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो। सोही दिन बैंकले सम्पन्न गरेको १५औँ वार्षिक साधारण सभाले पारित गरेको ४.२१ प्रतिशत नगद लाभांश करसहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ। साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई आफ्‌नो निक्षेप सदस्यकोमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न शेयर रजिस्टार सिद्धार्थ क्यापिटलले अनुरोध गरेको छ। त्यस्तै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको हकमा पनि शेयर अभौतिकीकरण भए पश्चात् स्वतः बैंक खातामा जम्मा गरिने हुँदा आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘शेयर मिति २०८०र०७र२० गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने व्यहोरा समेत यसै सूचना मार्फत मार्फत जानकारी गराउँदछौं ।’