काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले छैटाँै वार्षिक साधारणसभा आउँदो पुस ६ गते बोलाएको हो।
सभा सुनसरीको धरानस्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षका लागि संस्थाले चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँबराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव संस्थाले गरेको छ।
सभाले संस्थापक समूहबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभालाई ध्यानमा राखेर संस्थाले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया