वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज यी तीन कम्पनीले लाभांश पारित गर्दै, कसको कति?

अर्थलगानी
२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ। आज मंसिर १५ गते शुक्रबार तीन कम्पनीले लाभांश पारित गर्दै छन। आरएसडीसी लघुवित्त, इमर्जिङ नेपाल र माण्डु हाइड्रोपावरले आज लाभांश पारित गर्नको लागि साधारण सभा आह्वान गरेका हुन।

यी ३ वटै कम्पनीले लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । आरएसडीसी लघुवित्तको साधारण सभा वेष्टर्न एसियन होटल प्रालि बुटवल, कालिकास्थानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा आरएसडीसीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर ७ गते बुक क्लोज गरिसकेको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन।

इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारण सभा बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाबाट कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट दिन घोषणा गरेको ८.४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन।

माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । माण्डुले सभामा गत आर्थिक वर्षको नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले मंसिर ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोज मंसिर ४ गते भएकाले सामान्यतयः मंसिर ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुने भए पनि यस कम्पनीको हकमा कात्तिक २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने देखिएको छ । किनभने मंसिर ३ गते आइतबार छठ पर्व परेकाले सार्वजनिक विदा भएको थियो । त्यसअघि मंसिर ३० गते तिहारकै बिदा परेको थियो भने मंसिर १ र २ गते क्रमशः शुक्रबार र शनिबार रहेको थियो । यी दुवै दिन सेयर बजार खुलेन । कात्तिक २३ पछि पनि तिहार विदा परेकाले सेयर कारोबार भएन । यसआधारमा कात्तिक २३ गते बिहीबार तिहार विदाअघिको अन्तिम सेयर कारोबार दिन रहेको थियो । सोही दिनसम्म कायम सेयरधनीले मात्र अब यसको लाभांश पाउने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंसिर १५ गते शुक्रबार तीन कम्पनीले लाभांश पारित गर्दै छन। आरएसडीसी लघुवित्त, इमर्जिङ नेपाल र माण्डु हाइड्रोपावरले आज लाभांश पारित गर्नको लागि साधारण सभा आह्वान गरेका हुन। यी ३ वटै कम्पनीले लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । आरएसडीसी लघुवित्तको साधारण सभा वेष्टर्न एसियन होटल प्रालि बुटवल, कालिकास्थानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा आरएसडीसीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर ७ गते बुक क्लोज गरिसकेको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन। इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारण सभा बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाबाट कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट दिन घोषणा गरेको ८.४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन। माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । माण्डुले सभामा गत आर्थिक वर्षको नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले मंसिर ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोज मंसिर ४ गते भएकाले सामान्यतयः मंसिर ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुने भए पनि यस कम्पनीको हकमा कात्तिक २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने देखिएको छ । किनभने मंसिर ३ गते आइतबार छठ पर्व परेकाले सार्वजनिक विदा भएको थियो । त्यसअघि मंसिर ३० गते तिहारकै बिदा परेको थियो भने मंसिर १ र २ गते क्रमशः शुक्रबार र शनिबार रहेको थियो । यी दुवै दिन सेयर बजार खुलेन । कात्तिक २३ पछि पनि तिहार विदा परेकाले सेयर कारोबार भएन । यसआधारमा कात्तिक २३ गते बिहीबार तिहार विदाअघिको अन्तिम सेयर कारोबार दिन रहेको थियो । सोही दिनसम्म कायम सेयरधनीले मात्र अब यसको लाभांश पाउने भएका छन् ।