काठमाडौँ। काठमाडौँ। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले एकै दिन ११ अर्ब कर तिरेका छन् । आन्तरिक राजस्व विभागकाका अनुसार बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुमार्फत शुक्रबार ११ अर्ब बढी कर उठेको हो।
सर्वोच्च अदालतले एफपीओको प्रिमियमको आयमा लाग्ने कर, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम आज कम्पनीहरुले कर तिरेका हुन्। आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमाहरुले सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलाशले खारेज गरेको थियो । त्यसपछि कम्पनीहरुले आज ११ अर्ब कर तिरेका हुन् ।
मङ्सिर मसान्तसम्म कर तिरेमा करमा लाग्ने जरिवाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । सोहि अनुसार शनिवार मङ्सिर ३० गते पनि सम्पूर्ण कर कार्यालयहरु, र राजस्व संकलन गर्ने काउन्टर खुला रहने छन् । करिब ३० कम्पनीले कर तिरेका छन।
प्रतिक्रिया