काठमाडौँ। हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल सरकारले स्वीकृति दिएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
प्रतिक्रिया