काठमाडौँ । आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठक बस्दै छ । अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएपछि दोस्रो पटक संचालक समितिको बैठक बस्न लागेको हो ।
आजको बैठक नेप्सेको साधारणसभा गर्ने विषयमा केन्द्रीत हुने छ । बैठकमा नेप्सेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण पेश हुने छ, त्यस्तै अन्य वित्तीय विवरणहरु पेश हुने र बैठकले ति विवरण पारित गर्ने बताईएको छ । बैठकले वित्तीय विवरण पारित गरेपछि नेप्सेलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।
नेप्सेले पुस मसान्त भित्र नै साधारणसभा सक्ने तयारी गरेको छ । गत वर्ष १०० प्रतिशत नगद लाभांश दिएको नेप्सेले यस पटक के कति लाभांश दिन्छ भन्ने विषयमा आजको संचालक समितिको बैठकपछि थाहा हुने बताईएको छ ।
प्रतिक्रिया