काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले आठौं वार्षिक साधारणमा सभा पुष २९ गते हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न लागेको हो।
सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा।लि।मा बिहान १०ः३० बजे हुने छ।
सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।
साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया