वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी तीन कम्पनीको शेयरमूल्य समायोजन

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। जीवन विकास लघुवित्त, युनिभर्सल पावर कम्पनी र कालिका पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस, युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस र कालिका पावरको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात जीवन विकास लघुवित्तको शेयरमूल्य १ हजार ३२२ रुपैयाँ २ पैसा कायम भएको छ भने युनिभर्सलको २०१ रुपैयाँ ७५ पैसा र कालिका पावरको ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ५०७ रुपैयाँ १० पैसा, युनिभर्सलको २१९ रुपैयाँ र कालिकाको ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

युनिभर्सलले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ः१५ बजे वेबिनार मार्फत शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, कालिका पावरले पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा।लि।, भरतपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, जीवन विकासले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। जीवन विकास लघुवित्त, युनिभर्सल पावर कम्पनी र कालिका पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस, युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस र कालिका पावरको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात जीवन विकास लघुवित्तको शेयरमूल्य १ हजार ३२२ रुपैयाँ २ पैसा कायम भएको छ भने युनिभर्सलको २०१ रुपैयाँ ७५ पैसा र कालिका पावरको ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ५०७ रुपैयाँ १० पैसा, युनिभर्सलको २१९ रुपैयाँ र कालिकाको ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। युनिभर्सलले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ः१५ बजे वेबिनार मार्फत शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, कालिका पावरले पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा।लि।, भरतपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, जीवन विकासले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।