काठमाडौँ। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १४ गते साधारणसभा गर्ने भएको छ। इन्स्योरेन्सले आम्रपाली ब्याङ्कवेट, भाटभेटेनी नक्सालमा सभा गर्न लागेकोह हो।
कम्पनीको सञ्चालक समितिको मिति हिजो पुस १९ गते बिहीबार बसेको ९८ औँ बैठकले सभाको निर्णय गरेको हो।
कम्पनीले लगानीकर्ताको लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। साधै कम्पनीले पुस २९ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। जसले गर्दा पुस २६ गतेसम्म कायम शेयरधनिले मात्रै उक्त सभा र लाभांशमा भाग लिन पाउनेछन।
छलफलका विषयहरुः
–अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको गत आर्थिक वर्ष २०७९–०८० को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा।
–लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९–०८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय
विवरण छलफल गरी पारित गर्ने सम्बन्धमा ।
–कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९–०८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
–कम्पनीको गत आर्थिक वर्ष २०७९–०८० को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. ३ अर्ब ७५ करोड को ५ प्रतिशतका दरले हुने रकम १८ करोड ७५ लाख बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुने ९८ लाख ६८ हजार चार सय एक्काइस रुपैयां नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
५. सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन
गर्ने सम्बन्धमा ।
विशेष प्रस्तावः
–सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीमा बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
–बोनश शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी समायोजन गर्ने सम्बन्धमा
३। संशोधित प्रवन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
प्रतिक्रिया