काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भएको हो।
कम्पनीको पहिलो कारोबार ३०९.२ रुपैयाँमा भएको छ । नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३.७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने व्यवस्था रहेको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।
आइतबार कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।
प्रतिक्रिया