काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको संचालकमा लक्ष्मण बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । हाईड्रोको श्रेष्ठ पुष २७ गते शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्वाचित भएका हुन।
कम्पनीको ख समुहको सेयरधनीको प्रतिनित्व गर्दै उनी सञ्चालक भएका हुन। श्रेष्ठसँग सेयर बजारसम्बन्धी तीन दशक लामो अनुभव रहेको छ । सेयर बजारमा श्रेष्ठले हरेक कम्पनीको आईपीओ बाँडफाँडमा बल तानेर आफ्नो छुट्टै पहिचान ‘आईपीओ अंकल’ कै रुपमा स्थापित गरेका छन।
साधारणसभा जर्मन होम्स हस्पिटालिटी प्रा.लि. गठ्ठाघरमा साधारणसभा सम्पन्न भएको थियो । सभाले कम्पनीको नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने तथा अरु कम्पनीबाट समेत प्रवद्र्धन भई विकास निर्माण भइरहेका जलविद्युत आयोजनाहरुमा लगानी गर्ने, आर्थिक वर्ष २०७९ ०८० को वार्षिक प्रतिवेदनको प्रस्तुति र सोको अनुमोदन गर्ने, लेखापरीक्षण नियुक्त गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
प्रतिक्रिया