वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकको संस्थापक सेयर किन्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० माघ २, मंगलवार

काठमाडौँ। माछापुच्छ्रे बैंकको संस्थापक शेयर किन्न आज माघ २ गते अन्तिम दिन हो। बैंकको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाईने हो।

बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। माछापुच्छ्रे बैंकको संस्थापक शेयर किन्न आज माघ २ गते अन्तिम दिन हो। बैंकको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाईने हो। बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।