काठमाडौँ। वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा साढे ६३ अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्। मंसिर मसान्तसम्म १९ वटा वाणिज्य बैङ्कहरूले ६३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर धितो कर्ता प्रवाह भएको हो।
स्टान्डर्ड चार्टर बैङ्कले भने यस अवधिमा सेयर धितो कर्जा उपलब्ध गराएको केन्द्रीय बैङ्कको तथ्याङ्कमा देखिँदैन ।
शेयर धितो राखेर प्रवाह गरिन यस प्रकारको कर्जा सबैभन्दा धेरै प्रवाह गर्नेमा नबिल बैङ्क अग्रस्थानमा रहेको छ । नबिलले ५ महिनामा ११ अर्ब ८ करोड रुपैयाँ शेयर कर्जा दिएको हो।
त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैङ्कले ६ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । तेस्रो स्थानमा एनआइसी एसिया बैङ्क रहेको छ । यसले पनि ४ अर्ब ६० करोडभन्दा बढी सेयर धितो राखेर कर्जा दिएको छ ।
केन्द्रीय बैङ्कले सेयर धितो कर्जामा जोखिम भार घटाउँदै जाने नीति लिएपछि बैङ्कहरूले यो शीर्षकमा कर्जा प्रवाह थप वृद्धि गर्न थालेका छन् । अहिले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार १ सय २५ प्रतिशत छ । यस्तै, ५० लाखभन्दा तलको कर्जामा जोखिम भार १ सय प्रतिशत मात्र छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको मङ्सिर मसान्त सम्ममा सेयर धितो राखेर कुल ८१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ्।
प्रतिक्रिया