वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घट्यो आँखुखोला जलविद्युत कम्पनी नाफा

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै घटेको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४२.८५ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ६६ लाख रुपैयाँ रहेको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८६ पैसा घटेर ३ रुपैयाँ ८१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५६ गुणा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २३ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै घटेको हो। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४२.८५ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ६६ लाख रुपैयाँ रहेको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८६ पैसा घटेर ३ रुपैयाँ ८१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५६ गुणा रहेको छ। ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २३ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।