काठमाडौँ। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टी नाफामा गएको छ। मंसिरमा नोक्सानीमा रहेको यो फण्ड पुस मसान्तमा आईपुग्दा नाफामा गएको हो। फण्डको सार्वजनीक पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरणमा पुस मसान्तसम्ममा फण्डले रू. ५७ लाख ४४ हजार नाफा कमाएको छ । मङ्सिर मसान्तभने फण्ड रू.४ करोड ९८ लाख नोक्सानीमा थियो ।
पुस महीनामा फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो । मङ्सिर मसान्तसम्ममा फण्डको जम्मा आम्दानी ३ करोड ९१ लाख ऋणात्मक रहेकोमा पुस मसान्तमा रू. १ करोड ८३ लाख धनात्मक रहेको हो ।
त्यस्तै फण्डको न्याभ पनि मङ्सिर महीनाको तुनलामा पुस महीनामा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४५ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ८० पैसा पुगेको हो ।
त्यस्तै यस फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । मङ्सिर मसान्तमा सूचीकृत धितोपत्रमा रू. ९७ करोड ८० लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. १ अर्ब १ करोड भन्दा बढी पु¥याएको हो ।
प्रतिक्रिया