वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बि.ओ.के डिबेन्चर २०८६ (क) को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड

अर्थलगानी
२०७८ चैत्र २, बुधबार

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले बिक्रि गर्न लागेको बिओके २०८६ को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

कम्पनीले हजार रुपैयाँ अंकित दरले अंकित दरले ११ लाख कित्ताको १ अर्ब १० करोड रकम बराबरको ऋणपत्र बिक्रि गर्न एनआईबिएल एस क्यापिटललाई नियुक्ति गरेको हो । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

काठमाण्डौें, कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

यस बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३/०३/२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ । यस बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के  र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले मिति २०७८ चैत २ गते हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले बिक्रि गर्न लागेको बिओके २०८६ को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । कम्पनीले हजार रुपैयाँ अंकित दरले अंकित दरले ११ लाख कित्ताको १ अर्ब १० करोड रकम बराबरको ऋणपत्र बिक्रि गर्न एनआईबिएल एस क्यापिटललाई नियुक्ति गरेको हो । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । काठमाण्डौें, कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३/०३/२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ । यस बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के  र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले मिति २०७८ चैत २ गते हस्ताक्षर गरेका हुन् ।