वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर नपरेकालाई आजदेखि पैसा फिर्ता गर्दै एक हाईड्रो कम्पनी

अर्थलगानी
२०८० माघ २२, सोमबार

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर नपरेका आवेदकको रकम आजदेखि र्फिता हुने भएको छ। कम्पनीले लिलामीमा लिएको शेयरमा आवेदन दिएर पनि नपरेकाहरुलाई आज माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गर्न लागेको हो।

बाँडफाँडको अन्तिम मूल्य १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले लिलामीमा ल्याएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद शेयरहरु कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो ।

कम्पनीले ति शेयरहरु पुस १३ गतेका दिन देखि २९ गते सम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु माघ ५, ६ र ७ गतेका दिन खोलि २०८० माघ १७ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर नपरेका आवेदकको रकम आजदेखि र्फिता हुने भएको छ। कम्पनीले लिलामीमा लिएको शेयरमा आवेदन दिएर पनि नपरेकाहरुलाई आज माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गर्न लागेको हो। बाँडफाँडको अन्तिम मूल्य १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। कम्पनीले लिलामीमा ल्याएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद शेयरहरु कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो । कम्पनीले ति शेयरहरु पुस १३ गतेका दिन देखि २९ गते सम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु माघ ५, ६ र ७ गतेका दिन खोलि २०८० माघ १७ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो।