काठमाडौँ। शिवम् सिमेन्टस् लिमिटेडले पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै गत आव २०७९–८० का लागि पारित गरेको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको हो।
कम्पनीले बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको डिम्याट खातामा फागुन १४ गतेदेखि उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ ।
भौतिक रुपमा सेयर धारण गरेकाहरुको भने अभौतिकीकरण गरेपश्चात डिम्याट खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया