काठमाडौँ। यो साता शेयरबजारका लगानीकर्ताले करिब ९२ अर्ब रुपैयाँ कमाएका छन्। अर्थात नेप्सेमा सूचिकृत कुल कम्पनीको पुजीँकरण ९१ अर्ब ८९ करोड भन्दा बढीले बढेको हो। साताको अन्तिम कारोबार दिन फागुन २४ गते बिहीवारसम्म दोस्रो बजारको कुल पूँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी कायम भएको छ। गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड रूपैयाँ भन्दा बढी कायम रहेको थियो ।
यो साता नेप्से परिसूचक १ हजार ९७२.०९ विन्दुदेखि बढेर गत साता २ हजार ३०.५५ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसँगै बजार पूँजीकरणमा सकारात्मक प्रभाव परेको हो । अर्थात नेप्से परिसूचक २.९६ प्रतिशत अर्थात ५८ दशमलव ४६ अंकले बढेको हो।
यो साता नेपालको राजनैतिक गतिविधिबाट बजार प्रभावित भएको देखिन्छ। अर्थमन्त्री परिवर्तनदेखि नयाँ गठबन्धकको सरकारकाले बजारमा निकै उचारचढाब ल्यायो । साताको दोस्रो कारोबार दिन सोमवार नयाँ गठबन्धनको सरकार बन्ने भएको समाचार बाहिरिएसँगै नेप्से ६ प्रतिशत बढेर एक घण्टा ४ मिनेटको अवधिमै पुरै कारोबार दिनको लागि बन्द भएको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ । साताको पहिलो कारोबार दिन ११ दशमलव ७८ अंकले घटेको बजार दोस्रो दिन सकारात्मक सर्किट लागेसँगै मङ्गलवार भने ७० दशमलव ३१ अंकले घटेको थियो । त्यसपछिको दुई कारोबार दिन बुधवार ९ दशमलव ३३ अंक र बिहीवार १३ दशमलव ५१ अंक बजार बढेको छ ।
प्रतिक्रिया