वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ। पछिल्लो ५ कारोबार दिनमा आधा दर्जन कम्पनीहरुको १ करोड ३२ लाख ३२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यो साता दुई लघुवित्त, दुई इन्स्योरेन्ससहित ६ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा यो साता छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता, जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, हिमालयन एभरेष्टको १९ लाख ८६ हजार २२४ कित्ता, युनाईटेड अजोडको १९ लाख ५४ हजार ३२० कित्ता, सोल्टी होटलको ४४ लाख २३ हजार ८६४ कित्ता र युनिभर्सल पावर कम्पनीको १७ लाख ९५ हजार ७९९।२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी ६ वटै कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। पछिल्लो ५ कारोबार दिनमा आधा दर्जन कम्पनीहरुको १ करोड ३२ लाख ३२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यो साता दुई लघुवित्त, दुई इन्स्योरेन्ससहित ६ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा यो साता छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता, जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै, हिमालयन एभरेष्टको १९ लाख ८६ हजार २२४ कित्ता, युनाईटेड अजोडको १९ लाख ५४ हजार ३२० कित्ता, सोल्टी होटलको ४४ लाख २३ हजार ८६४ कित्ता र युनिभर्सल पावर कम्पनीको १७ लाख ९५ हजार ७९९।२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी ६ वटै कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।