वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार पुँजीकरण भनेको के हो?

अर्थलगानी
२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ। बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीको आकार हो। यसलाई कम्पनीको पछिल्लो सेयर मूल्यलाई सेयर संख्याले गुणा गरि बजार पुँजीकरण निकालिन्छ।

बजार पुँजीकरण मापन गर्दा, स्टक एक्सचेन्जमा सूचीकृत प्रत्येक कम्पनीको सेयर संख्यालाई सोही कम्पनीको अन्तिम कारोबार मूल्यले गुणन गरि आउने गुणनफललाई जोडिन्छ। तसर्थ, नेप्सेमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई समग्र बजार पुँजीकरण भनिन्छ ।

उदाहरणका लागि मानौँ कुनै ‘ए’ कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत छ। उक्त कम्पनीको अन्तिम कारोबार मूल्य २०० रूपैयाँ हो । यस अवस्थामा ‘ए’ कम्पनीको बजार पुँजीकरण २० करोड रुपैयाँ हुन्छ। त्यस्तै अर्को ‘बी’ कम्पनीको ५ लाख कित्ता सेयर सूचीकृत छ । र, अन्तिम कारोबार मूल्य ३०० रूपैयाँ हो भने बजार पुँजीकरण १५ करोड रुपैयाँ कायम हुन्छ ।

मानौं स्टक एक्सचेन्जमा यी दुई कम्पनी मात्रै सूचीकृत छन्। त्यो अवस्थामा समग्र बजार पुँजीकरण ३५ करोड रुपैयाँ हुन्छ।

नेप्से परिसूचक गणनामा कम्पनीहरुको बजार पुँजीकरणको प्रयोग हुने गरेको छ । परिसूचक घटबढमा ठूलो पुँजीकरण भएका कम्पनीहरुको भार ठूलै हुने गरेको छ ।

बजारमा लार्ज क्याप, मिड क्याप र स्मल क्याप भनेको त पक्कै सुन्नु भएको होला। यो भनेको बजारमा सूचीकृत कम्पनीहरुलाई पुँजीकरणका आधारमा गरिएको विभाजन हो । लार्ज क्याप भनेको पुँजीरणका आधारमा ठूला कम्पनी, मिड क्याप भनेको मध्यम आकारका कम्पनी र स्मल क्याप भनेको साना कम्पनी हो ।

यो लगानीकर्ताले आफ्नो प्रयोजनको लागि पुँजीकरणको हिसाबले कम्पनी विभाजन गरिएको हो। अर्थात यो चलचल्तिको परिभाषा हो। नियामक निकाय धितोपत्र बोर्ड वा स्टक एक्सचेन्जले यस्तो विभाजन गरेको छैन।

मार्केट क्यापले कम्पनीको दोश्रो बजारमा उतारचढाव मापन गर्न पनि लगानीकर्तालाई सहयोग गर्छ । ठूला पुँजीकरण भएका कम्पनीहरूमा मिड–क्याप कम्पनीहरू भन्दा कम उतार–चढाव हुन्छ भने मिड–क्याप कम्पनीहरूमा स्मल–क्याप कम्पनीहरू भन्दा कम उतार–चढाव हुन्छ ।

सानो पुँजीकरणका भएका कम्पनीहरुको सेयर आपूर्ति कम हुने भएकाले मूल्य निकै चलायमान हुने गर्छ । बजार पुँजीकरणले लगानीकर्तालाई कम्पनीको आकार बुझ्न सजिलो बनाउँछ । खासगरी एउटै क्षेत्रका विभिन्न कम्पनीको आकार तुलना गर्न मार्केट क्यापलाई आधार बनाउने गरिन्छ ।

कम्पनीको बजार पुँजीकरण आकारका आधारमा लगानीकर्ताहरुले जोखिम न्यूनीकरणका विभिन्न श्रेणीका कम्पनीहरु छनौट गर्न सक्छन् ।

कम्पनीको बजार पुँजीकरणले कम्पनीको वित्तीय अवस्था, लगानीको प्रतिफल, सेयर मूल्य र भविष्यलाई प्रतिबिम्बित गर्दैन । त्यसका लागि कम्पनीका अन्य वित्तीय सूचकहरू ख्याल गर्नुपर्ने हुन्छ । बजार पुँजीकरणका आधारमा ठूला कम्पनीको सामान्यतया सेयर संख्या धेरै हुने भएकाले उच्च दरमा लाभांश वितरण गर्न धेरै आम्दानी र धेरै नाफा कमाउनु पर्ने हुन्छ ।

कम्पनीको बजार पुँजीकरण दुई तरिकाले बढ्छ । पहिलोःप्रतिसेयर मूल्य बढ्दा । दोस्रोः कम्पनीको कुल सेयर संख्यामा वृद्धि हुँदा । सामान्यतया मूल्यमा हुने उतारचढावसँगै कम्पनीको बजार पुँजीकरण तलमाथि भइरहन्छ ।

यो पनि 

फ्यामिली बजेटको बक्रचित्र : आर्थिक व्यवस्थापनको ६ उपाय

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीको आकार हो। यसलाई कम्पनीको पछिल्लो सेयर मूल्यलाई सेयर संख्याले गुणा गरि बजार पुँजीकरण निकालिन्छ। बजार पुँजीकरण मापन गर्दा, स्टक एक्सचेन्जमा सूचीकृत प्रत्येक कम्पनीको सेयर संख्यालाई सोही कम्पनीको अन्तिम कारोबार मूल्यले गुणन गरि आउने गुणनफललाई जोडिन्छ। तसर्थ, नेप्सेमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई समग्र बजार पुँजीकरण भनिन्छ । उदाहरणका लागि मानौँ कुनै ‘ए’ कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत छ। उक्त कम्पनीको अन्तिम कारोबार मूल्य २०० रूपैयाँ हो । यस अवस्थामा ‘ए’ कम्पनीको बजार पुँजीकरण २० करोड रुपैयाँ हुन्छ। त्यस्तै अर्को ‘बी’ कम्पनीको ५ लाख कित्ता सेयर सूचीकृत छ । र, अन्तिम कारोबार मूल्य ३०० रूपैयाँ हो भने बजार पुँजीकरण १५ करोड रुपैयाँ कायम हुन्छ । मानौं स्टक एक्सचेन्जमा यी दुई कम्पनी मात्रै सूचीकृत छन्। त्यो अवस्थामा समग्र बजार पुँजीकरण ३५ करोड रुपैयाँ हुन्छ। नेप्से परिसूचक गणनामा कम्पनीहरुको बजार पुँजीकरणको प्रयोग हुने गरेको छ । परिसूचक घटबढमा ठूलो पुँजीकरण भएका कम्पनीहरुको भार ठूलै हुने गरेको छ । बजारमा लार्ज क्याप, मिड क्याप र स्मल क्याप भनेको त पक्कै सुन्नु भएको होला। यो भनेको बजारमा सूचीकृत कम्पनीहरुलाई पुँजीकरणका आधारमा गरिएको विभाजन हो । लार्ज क्याप भनेको पुँजीरणका आधारमा ठूला कम्पनी, मिड क्याप भनेको मध्यम आकारका कम्पनी र स्मल क्याप भनेको साना कम्पनी हो । यो लगानीकर्ताले आफ्नो प्रयोजनको लागि पुँजीकरणको हिसाबले कम्पनी विभाजन गरिएको हो। अर्थात यो चलचल्तिको परिभाषा हो। नियामक निकाय धितोपत्र बोर्ड वा स्टक एक्सचेन्जले यस्तो विभाजन गरेको छैन। मार्केट क्यापले कम्पनीको दोश्रो बजारमा उतारचढाव मापन गर्न पनि लगानीकर्तालाई सहयोग गर्छ । ठूला पुँजीकरण भएका कम्पनीहरूमा मिड–क्याप कम्पनीहरू भन्दा कम उतार–चढाव हुन्छ भने मिड–क्याप कम्पनीहरूमा स्मल–क्याप कम्पनीहरू भन्दा कम उतार–चढाव हुन्छ । सानो पुँजीकरणका भएका कम्पनीहरुको सेयर आपूर्ति कम हुने भएकाले मूल्य निकै चलायमान हुने गर्छ । बजार पुँजीकरणले लगानीकर्तालाई कम्पनीको आकार बुझ्न सजिलो बनाउँछ । खासगरी एउटै क्षेत्रका विभिन्न कम्पनीको आकार तुलना गर्न मार्केट क्यापलाई आधार बनाउने गरिन्छ । कम्पनीको बजार पुँजीकरण आकारका आधारमा लगानीकर्ताहरुले जोखिम न्यूनीकरणका विभिन्न श्रेणीका कम्पनीहरु छनौट गर्न सक्छन् । कम्पनीको बजार पुँजीकरणले कम्पनीको वित्तीय अवस्था, लगानीको प्रतिफल, सेयर मूल्य र भविष्यलाई प्रतिबिम्बित गर्दैन । त्यसका लागि कम्पनीका अन्य वित्तीय सूचकहरू ख्याल गर्नुपर्ने हुन्छ । बजार पुँजीकरणका आधारमा ठूला कम्पनीको सामान्यतया सेयर संख्या धेरै हुने भएकाले उच्च दरमा लाभांश वितरण गर्न धेरै आम्दानी र धेरै नाफा कमाउनु पर्ने हुन्छ । कम्पनीको बजार पुँजीकरण दुई तरिकाले बढ्छ । पहिलोःप्रतिसेयर मूल्य बढ्दा । दोस्रोः कम्पनीको कुल सेयर संख्यामा वृद्धि हुँदा । सामान्यतया मूल्यमा हुने उतारचढावसँगै कम्पनीको बजार पुँजीकरण तलमाथि भइरहन्छ । यो पनि  http://www.arthalagani.com/news/17854.html/