काठमाडौँ। मेडिकेयर हस्पिटल लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्रि खुला भएको छ। हस्पिटलले आज चैत १ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो।
गत पुस २८ गते सम्पन्न साधारण सभाले हकप्रद निष्काशनको निर्णय पारित गरेको थियो । सोहि अनुसार फागुन ३० गतेसम्म कायम संस्थापक शेयरधनीहरुका लागि चुक्ता पूँजी ४० करोड १७ लाख २५ हजार ७ सयको १ः०.१२ अर्थात एव कित्ताको १२ प्रतिशतले हुन आउने प्रति शेयर निष्काशन गरेको हो।
प्रतिकित्ता शेयर अरिदका लागि अंकित मूल्य सय रुपैयाँ तोकिएको छ। उक्त दरका ४८२,१४३ कित्ता शेयर कम्पनीले निष्काशन गरेको छ। यो हकप्रदमा चैत ५ गते बुधबारसम्म आवेदन दिन सकने कम्पनीले जनाएको छ।
प्रतिक्रिया