वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्ट्रल फाईनान्सको साधारण सभा चैत्र २३ गते बस्दै, यस्ता छन् प्रस्तावहरु?

अर्थलगानी
२०८० चैत्र १, बिहीबार

काठमाडौँ। सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको हो।

कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको थियो। सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, संस्थाको नियमावलीको नियम १९ (४) मा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन गर्न संस्थाको संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुरुप सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको हो। कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको थियो। सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ । त्यस्तै, संस्थाको नियमावलीको नियम १९ (४) मा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन गर्न संस्थाको संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुरुप सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।