वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सलाई एनसीएचएलले प्राप्ति गर्ने प्रस्ताव पारित गर्न दुवै कम्पनीले बोलाए विशेष साधारणसभा

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाडौँ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टमम्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। दुवै कम्पनीहरुले बैशाख १३ गते विशेष साधारणसभा गरि एक्विजीसन प्रस्ताव पारित गर्न लागेका हुन।

एनसिएचएलले उक्त दिन होटल रोयल सिङ्गी कमलादीमा विशेष साधारणसभा बोलाएको छ। यता नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्सले लिसारा रिसेप्स्न नक्सालमा सभा आह्वान गरेको छ।

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भईसकेको छ। अब विशेष साधारण सभा मार्फत आफ्नो सेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रर कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकिकृत कार्य गर्नेछन् ।

बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिलेउल्लेखिय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टमम्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। दुवै कम्पनीहरुले बैशाख १३ गते विशेष साधारणसभा गरि एक्विजीसन प्रस्ताव पारित गर्न लागेका हुन। एनसिएचएलले उक्त दिन होटल रोयल सिङ्गी कमलादीमा विशेष साधारणसभा बोलाएको छ। यता नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्सले लिसारा रिसेप्स्न नक्सालमा सभा आह्वान गरेको छ। एनसीएचएलले नेप्सलाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भईसकेको छ। अब विशेष साधारण सभा मार्फत आफ्नो सेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रर कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकिकृत कार्य गर्नेछन् । बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिलेउल्लेखिय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।