वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१५ प्रतिशत लाभांश घोषणा गरेको सर्वोत्तमले कहिले गर्दै छ बुक क्लोज?

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाडौँ। सर्वोत्तम सिमेन्टले यसपटक लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो ।
कम्पनीले आगामी साधारण सभाबाट उक्त लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन्। साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरिसकेको छ।

लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ । यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेन्टले यसपटक लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो । कम्पनीले आगामी साधारण सभाबाट उक्त लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन्। साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरिसकेको छ। लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ । यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।