वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रीन डेभलपमेन्टको लाभांश भोली पारित हुँदै

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश भोली चैत २७ गते मंगलवार पारित हुँदै छ। ग्रीन डेभलपमेन्टले गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले शेयर स्वामित्व परिवर्तन समेत गर्ने भएको छ ।

कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबाट चैत ७ गते स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

साथै सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि ग्रीन डेभलपमेन्ट बैंकले चैत ९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश भोली चैत २७ गते मंगलवार पारित हुँदै छ। ग्रीन डेभलपमेन्टले गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले शेयर स्वामित्व परिवर्तन समेत गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबाट चैत ७ गते स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साथै सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि ग्रीन डेभलपमेन्ट बैंकले चैत ९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।