काठमाडौँ। आज चैत २७ गते मंगलबार २ कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेका छन्। यो दिन सगरमाथा लुम्बिनी इन्सुरेन्स र ग्रीन डेभलपमेन्ट बैंकले सभा बोलाएका हुन। यी दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् ।
ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले शेयर स्वामित्व परिवर्तन समेत गर्ने भएको छ ।
कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबाट चैत ७ गते स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
साथै सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि ग्रीन डेभलपमेन्ट बैंकले चैत ९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रूपैयाँ रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गरेकाले चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिर्क वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकमध्ये एक जना स्वतः मनोनित हुने र बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरू निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
प्रतिक्रिया