वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज खोलिदै सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल (गोप्य शिल्ड टेण्डर) आज खोलिने भएको छ । कम्पनीका अनुसार लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल आज बिहान ८ बजे खोल्न लागिएको हो।

कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ः१ अनुपातमा हकप्रद निष्काशन गरेको थियो। यसमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल (गोप्य शिल्ड टेण्डर) आज खोलिने भएको छ । कम्पनीका अनुसार लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल आज बिहान ८ बजे खोल्न लागिएको हो। कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ः१ अनुपातमा हकप्रद निष्काशन गरेको थियो। यसमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।