वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सलिकोको सवा लाख कित्ता संस्थापक शेयर बिक्रिमा, को कसले किन्न पाईन्छ?

अर्थलगानी
२०८० चैत्र २८, बुधबार

काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको सलिकोको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा कम्पनीले बिक्रिमा ल्याएको हो।

यो शेयर संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन्। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको सलिकोको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा कम्पनीले बिक्रिमा ल्याएको हो। यो शेयर संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन्। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।