वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक १५.४१ अंकले घट्यो, कारोबार रकम कति ?

अर्थलगानी
२०८१ बैशाख १०, सोमबार

काठमाडौँ।  आज सोमबार सेयर बजार १५.४१ अंकले घटेको छ। शेयर बजार १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा आएर बन्द भएको हो ।

आज ३२० कम्पनीको ३८ हजार ५५२ पटक भएको कारोबारमा ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।

आज पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशत बढेको छ । त्यसैगरी, आज प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ । कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.३७ प्रतिशत घटेको छ । त्यस्तै, आज एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज जोशी हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सर्वोत्तम सिमेन्टको करिब ६ करोडको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  आज सोमबार सेयर बजार १५.४१ अंकले घटेको छ। शेयर बजार १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा आएर बन्द भएको हो । आज ३२० कम्पनीको ३८ हजार ५५२ पटक भएको कारोबारमा ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ । आज पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशत बढेको छ । त्यसैगरी, आज प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ । कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.३७ प्रतिशत घटेको छ । त्यस्तै, आज एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज जोशी हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सर्वोत्तम सिमेन्टको करिब ६ करोडको शेयर किनबेच भएको छ ।