काठमाडौँ। प्राइम कमर्सियल बैंकले ३ लाख ५१ हजार८१७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले सेयर खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीलाई जेठ ३ गतेदेखि जेठ १७ गते ३ बजेभित्र बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौँमा आवेदन दिन आग्रह गरेको छ।
ईच्छुक खरिद कर्ताले न्युनतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने बढीमा पुरै कित्ता अर्थात ३ लाख ५१ हजार ८१७ कित्तासम्मको लागी आवेदन दिन सक्नेछन् । सेयर न्युनतम मूल्य १३० रुपैयाँ तोकिएको छ । बैंकले सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन आग्रह गरेको छ
प्रतिक्रिया