काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पारित गरेको नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । वैशाख २१ गते साधारण सभा सम्पन्न गरेको यस इन्सुरेन्सले त्यस लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले कनेक्ट आइपीएस मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा २४.७४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
यता, कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।
प्रतिक्रिया