वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्याज आम्दानीमा उछाल आउँदापनि घाटामा अभियान लघुवित्त

अर्थलगानी
२०८० जेष्ठ ४, बिहीबार

काठमाडौँ। चालु आर्थिक वर्ष ७९–८०को तेस्रो त्रैमासमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड घाटामा गएको छ। कम्पनीले आज सार्वजनीक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा कम्पनी अहिले १ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर घाटामा गएको देखिएको हो। जबकी अघिल्लो त्रैमासमा कम्पनीले १ करोड ५४ लाख ८४ हजार नाफा कमाएको थियो। र गत आर्थिक वर्षको तेस्रो त्रैमासमा आउँदा १ करोड २ लाख रुपैयाँ बढी नाफा कमाएको थियो।

कम्पनीको खराब कर्जा ०.४५ प्रतिशतबाट बढेर ४.६१ मा पुगेको छ। सोहि कारण कम्पनीको नाफामा धक्का लागेको देखिन्छ।

कम्पनीको खुद ब्याज आम्दानी भने करिब साढे २ सय प्रतिशतले बढेको छ। २३५ प्रतिशतले बढ्दा ब्याज आम्दानी २० करोड ७५ लाख ५७ हजार पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी मात्रै ६ करोड १९ लाख ५३ हजार रुपैयाँ रहेको थियो।

२५ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ करोड १९ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ऋणत्मक ६.४९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चालु आर्थिक वर्ष ७९–८०को तेस्रो त्रैमासमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड घाटामा गएको छ। कम्पनीले आज सार्वजनीक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा कम्पनी अहिले १ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर घाटामा गएको देखिएको हो। जबकी अघिल्लो त्रैमासमा कम्पनीले १ करोड ५४ लाख ८४ हजार नाफा कमाएको थियो। र गत आर्थिक वर्षको तेस्रो त्रैमासमा आउँदा १ करोड २ लाख रुपैयाँ बढी नाफा कमाएको थियो। कम्पनीको खराब कर्जा ०.४५ प्रतिशतबाट बढेर ४.६१ मा पुगेको छ। सोहि कारण कम्पनीको नाफामा धक्का लागेको देखिन्छ। कम्पनीको खुद ब्याज आम्दानी भने करिब साढे २ सय प्रतिशतले बढेको छ। २३५ प्रतिशतले बढ्दा ब्याज आम्दानी २० करोड ७५ लाख ५७ हजार पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी मात्रै ६ करोड १९ लाख ५३ हजार रुपैयाँ रहेको थियो। २५ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ करोड १९ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ऋणत्मक ६.४९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेको छ ।