वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रि भएन, सर्वसाधरणले आजबाट खरिद गर्न सक्ने

अर्थलगानी
२०८० जेष्ठ ४, बिहीबार

काठमाडौँ। कालिका लघुवित्तले करिब २० हजार संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनीक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको छ।

संस्थापक शेयरधनि रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय बिक्ता शेयर बिक्रि गर्न लागेका छन्। त्यस्तै कमल प्रसाद भुसाल र मोति प्रसाद पौडेलले ५÷५ हजार कित्ता शेयर बिक्रि गर्न लागेका छन भने अर्का शेयरधनि इन्द्र बिक्रिम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तल बिक्रि गर्न लागेको हो।

उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनि बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कालिका लघुवित्तले करिब २० हजार संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनीक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको छ। संस्थापक शेयरधनि रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय बिक्ता शेयर बिक्रि गर्न लागेका छन्। त्यस्तै कमल प्रसाद भुसाल र मोति प्रसाद पौडेलले ५÷५ हजार कित्ता शेयर बिक्रि गर्न लागेका छन भने अर्का शेयरधनि इन्द्र बिक्रिम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तल बिक्रि गर्न लागेको हो। उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनि बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।