काठमाडौँ। आज मंगलबार सेयर बजार २३.९४ अंकले बढेको छ । शेयर बजार २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१७ कम्पनीको ७३ हजार ६६७ पटक भएको कारोबारमा १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।
आज ४ स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज इष्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक ४।२८ प्रतिशत घटेको छ।
आज पोखरा फाइनान्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज २४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ भने कालिका पावरको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। आज माउन्टेन इनर्जी र सिंगटी हाइड्रो इनर्जीको कारोबार रकम १० करोड नाघेको छ।
प्रतिक्रिया