वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति उथलपुथलको प्रभाव, नेप्से ६७ अंकले बढ्दा लगानीकर्ताले कमाए एक खर्ब

अर्थलगानी
२०८१ असार २२, शनिबार

काठमाडौँ। यो हप्ता नेप्से परिसूचक ६७.७८ अंकले बढेको छ। राजनैतिक उथलपुथलको सकरात्मक प्रभाव लगानीकर्तामा पर्दा बढेको देखिन्छ। सोमबार बिहानैदेखि सरकार परिर्वतनको सामान्य हल्ला चलेको थियो जसको प्रभाव उक्त दिन नेप्से १६ अंकले बढेको थियो। जबकी अघिल्लो बिहिबार (असार १३ गते) ८ अंकले घटेर बन्द भएको बजार आईतबार अर्थात असार १६ गते फेरी १४ अंकले घटेको थियो।
आईतबार साझबाटै सरकार परिर्वतनका कुराहरु बाहिरिन थाले फलस्वरुप सोमबार नेप्सेमा सामान्य वृद्धि भएर बन्द भयो। सोमबार राती सरकार परिर्वतन हुने लगभग पक्का भएसँगै मंगलबार बजारले दुईपटक सकरात्मक सर्किट हान्दा बजार उक्त दिन ४७ अंकले बढेर बन्द भयो। योसँगै यस साता भरि नै बजार उकालो लाग्यो, अर्थात वृद्धि भयो। बुधबार ३ अंकले बढ्दा बिहीबार नेप्से पुनः १५ अंकले बढेर २११९.३७ अंकमा बन्द भयो। जबकी अघिल्लो बिहिबार नेप्से २०५१.९२ अंकले बन्द भएको थियो।

यो साता नेप्से २०५३ र २१६२ को बिन्दुको बिचमा रह्यो। मंगलबार साताकै उच्च बिन्दू २१६२.४९ बिन्दूमा पुगेर नेप्से फर्किएको थियो।

योहप्ता बैंकिङ इनडेक्स र डेभलपमेन्ट सेक्टर आईतबार बाहेक हरेक दिन बढेर बन्द भयो।

लगानीकर्ताले कमाए एक खर्ब

सातामा नेप्से ६७ अंकले बढ्दा लगानीकर्ताको सम्पक्ति एक खर्बले बढेको छ। अर्थात अघिल्लो बिहिबार बजार पुजीँकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख रहेको थियो भने यो साता नेप्से बन्दहुँदा बजार पुजीँकरण ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख पुगेको छ। एक हप्तामा बजार पुजीँकरण एक खर्ब ८ अर्ब ४७ करोड १३ लाख पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी