काठमाडौं। आज मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ विन्दुले बढेको छ । यससँगै सूचक २१३८.६१ अंकमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सोमबार नेप्से २१३६.३५मा पुगेर रोकिएको थियो । आज ५३ कम्पनीको १६ हजार ४ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
कुल २५ कम्पनीको भाउ बढेको छ भने २५ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन देखिएको छैन । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो ।
प्रतिक्रिया