वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार ४ दिनको वृद्धिपछि नेप्से सूचक १७.१८ अंकले घट्यो

अर्थलगानी
२०८१ असार ३१, सोमबार

काठमाडौँ । आज चालु आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । लगातार ४ दिनको वृद्धिपछिनेप्से सूचक १७.१८ अंकले घटेको हो ।

एस दिन नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ ।
नेप्से सूचकमा गिरावट आएपनि सेयर खरिदबिक्रीमा लगानीकर्ताको उत्साह जारी रहेको छ । यस दिन ८ अर्ब ७३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ
आज ३२२ वटा कम्पनीहरुको शेयरमूल्य खरिद–बिक्री हुदाँ आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अप्पर तामाकोशी हाइड्रोपावरको ३७ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

सोमबार कारोबार भएका कम्पनीहरुमध्ये १८४ वटा कम्पनीको शेयरमूल्य राताम्मे हुदाँ ५६ वटाको मात्र मूल्य वृद्धि भएको छ । आज सिभिल बैंक डिभेन्चर, माण्डु हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी