काठमाडौँ ।भोलि मौद्रिक नीति आउने संकेतले नेप्सेमा वृद्धि, २४२४ बिन्दु पारगरेको छ । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरेसँगै जसका कारण शेयर बजारमा रौनक छाएको हो।
गभर्नर महाप्रसाद अधिकारीले पटक-पटक सार्वजनिक कार्यक्रममा लचिलो नीति आउने संकेत गरेका थिए। अर्थमन्त्री विष्णु पौडेलको नियुक्तिले पनि लगानीकर्ताको मनोबल बढाएको छ।
शेयर बजारले निरन्तर बुलको यात्रा तय गरिरहेको छ। जानकारहरूको विश्वास अनुसार, अर्थतन्त्र सुधारको लयमा छ, बैंकको ब्याजदर घट्दै छ, र राष्ट्र बैंकले केही नीति खुकुलो गराएमा पुँजी बजारले नयाँ बुलको यात्रा तय गर्नेछ।
बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको छ। ३१२ कम्पनीको ३ करोड ९९ लाख कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ। फाइनान्स समूहको शेयर १.२७ प्रतिशतले घटेको छ भने ११ उपसूचकमा हरियाली आएको छ। बैंकिङ समूह ६.२८ प्रतिशत, विकास बैंक १.३१ प्रतिशत, र होटल तथा पर्यटन समूह १.०४ प्रतिशतले बढेका छन्।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
प्रतिक्रिया