वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक दिनको गिरावट पछि सेयर बजारमा पुन वृद्धि, नेप्से सूचक २५६८.११ अंकमा

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौं,। एक दिनको गिरावट पछि बिहीबार सेयर बजारमा पुनः वृद्धि भएको छ। नेप्से सूचक ३२.०२ अंकले वृद्धि भएर २५६८.११ अंकमा पुगेको हो।
आज १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने १३ मध्ये ९ वटा समूहका सूचकमा वृद्धि भएको छ। विशेषगरी, माइक्रोफाइनान्स समूहको सूचक ६.८३ प्रतिशतले बढेको छ।

पछिल्ला ६ दिनमा लगातार वृद्धि भएपछि बुधबार बजारमा गिरावट आएको थियो। आजको दिनमा बजारमा पुनः वृद्धि भइरहेको छ। सरकारले पुँजी बजार सुधार र केन्द्रीय बैंकको लचिलो मौद्रिक नीतिको तयारीले बजारमा बलियो संकेत दिएको छ।

आज ३२० कम्पनीको ३ करोड ५५ लाख कित्ता सेयर कारोबार भएको छ। कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्सले अग्रता राखेको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी