वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेसनल हाइड्रोपावरले पायो ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति

अर्थलगानी
२०८० जेष्ठ २४, बुधबार

काठमाडौँ। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल हाइड्रोपावरलाई गत जेठ २२ गते हकप्रद जारी गर्ने अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

यसैबीच आज बिहान बसेको नेसनल हाइड्रोपावरको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिसकेको छ।

यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल हाइड्रोपावरलाई गत जेठ २२ गते हकप्रद जारी गर्ने अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। यसैबीच आज बिहान बसेको नेसनल हाइड्रोपावरको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिसकेको छ। यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।