काठमाडौं— नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीहरूले साउन २४ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।
नेशनल लाइफ इन्स्योरेन्सले भदौ ७ गते आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा ३६ औँ वार्षिक साधारण सभा बोलाएको छ, जहाँ ४ प्रतिशत बोनस शेयर र १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते महालक्ष्मी नगरपालिकामा बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभामा एफपीओ निष्कासनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारितगर्ने कम्पनीले जनएकाृ हो। ।
प्रतिक्रिया