काठमाडौं । नेपाली शेयर बजारले आइतबार ऐतिहासिक उचाइ लिदै नेप्से सूचकलाई ३० महिनाकै उच्च विन्दुमा पुर्याएको छ। नेप्से ९४.५३ अंकले बढेर २८६०.९१ अंकमा बन्द भएको हो । जहाँ २५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो कारोबार रकम हो।
यस दिन ३३० कम्पनीको ६ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। कारोबार रकममा हिमालयन रिइन्सुरेन्स, शिवम् सिमेन्ट्स, र निफ्रा अग्रस्थानमा छन्। सबै १३ उपसूचकमा हरियाली छाएको छ, जसमा बैंकिङ समूह, विकास बैंक समूह, र हाइड्रोपावर समूह सबैमा वृद्धि देखिएको हो।
प्रतिक्रिया