वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा उछाल, सूचक ३४.२९ अंकले वृद्धि, कारोबार रकम झन्डै साढे २३ अर्ब

अर्थलगानी
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं। हिजोको सानो गिरावटपछि आज नेप्से सूचकले फेरी सकारात्मक गति लिँदै ३४.२९ अंकले वृद्धि भएको छ। बुधबारको कारोबारसँगै नेप्से सूचक २,९५७.७५ अंकमा पुगेको हो।
बजारमा झन्डै साढे २३ अर्ब (२३ अर्ब ४३ करोडभन्दा बढी) बराबरको सेयर कारोबार भएको छ। १३ मध्ये १० वटा समूहका सूचकहरू उकालो लागेका छन्, जसमा फाइनान्स समूहले सबैभन्दा धेरै वृद्धि देखाएको छ।

आजको बजारमा ११ कम्पनीहरू सकारात्मक सर्किट लेबलमा कारोबार भए। बजार खुलेको पहिलो प्रहरमा सूचक केही घटेपनि अन्तिम प्रहरमा तीव्र गतिले पुनः उकालो लाग्यो, जसले गर्दा नेप्सेले सकारात्मक दिशा समातेको हो।

आज ३३२ कम्पनीहरूको ५ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। कारोबार रकममा ८६ करोड ५८ लाखसहित हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ भने शिवम् सिमेन्ट्स र अपि पावर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी