काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ०.५९ प्रतिशतले बढेर २,६८३.२४ विन्दुमा पुगेको छ। ब
आजको दिन नेप्सेमा सूचीकृत ३०९ वटा कम्पनीका १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३४ करोड रुपैयाँ नाघेको छ।
नेप्सेमा सूचीकृत १३ समूहमध्ये आज फाइनान्स समूहमा सर्वाधिक २.२७ प्रतिशतको वृद्धि भयो। बैंकिङ समूह ०.११ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, होटल १.२४ प्रतिशत, र अन्य समूह १.६८ प्रतिशतले बढे। जीवन बीमा, निर्जीवन बीमा, र लघुवित्त समूहमा पनि हरियाली छायो।
आज ङादी ग्रुप पावरको सर्वाधिक ५४ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। वेष्ट फाइनान्स (२५ करोड), नेपाल फाइनान्स (२० करोड), एनआरएन इन्फ्रास्ट्रक्चर (१५ करोड), र हाथवे इन्भेष्टमेन्ट (१५ करोड) पनि उच्च कारोबार भएका कम्पनीहरूमा परे।
प्रतिक्रिया