वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ५१.३७ अंकले घट्यो, सबै समूह राताम्मे

अर्थलगानी
२०८१ पुष १, सोमबार

काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)उच्च अंकले घटेको छ । आज  नेप्से  ५१.३७ अंकले घटेर २,६३०.९१ विन्दुमा पुगेको छ। नेप्से १.९१ प्रतिशतले घट्दा सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले घटेर ४५१.२८ विन्दुमा झरेको हो । आज नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयरबाट ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज सबै १३ समूह घट्न पुगेका छन्। फाइनान्स समूह सबैभन्दा बढी ४.४१ प्रतिशतले घट्दा बैंकिङ १.४९ प्रतिशत, विकास बैंक २.०३ प्रतिशत, होटल तथा पर्यटन २.३१ प्रतिशत, र जलविद्युत समूह २.३६ प्रतिशतले ओरालो लागेका छन्।

आज एनआरएन इन्फ्रास्ट्रक्चरले सर्वाधिक २६ करोड ४५ लाख रुपैयाँको कारोबार गर्‍यो। जोशी हाईड्रोको सेयरमूल्य ८.७० प्रतिशतले वृद्धि भए पनि जानकी फाइनान्सको सेयरमूल्य ९.५८ प्रतिशतले घटेर सर्वाधिक क्षति व्यहोऱ्यो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी