काठमाडौँ । आज बिहीबार नेपाली सेयर बजारमा सुधारको प्रवृत्तिले निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३० को बिन्दुमा कायम भएको हो ।
यस दिन ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ र दुई कम्पनीमा सकारात्मक सर्किट लागेको छ। विशेषगरी वाणिज्य बैंक समूहका सेयर मूल्यहरूमा वृद्धि आएको छ।
यसैबीच, केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि विकास बैंक र फाइनान्स समूहका कम्पनीहरूमा गिरावट आएको छ। तर, बैंकिङ क्षेत्रको सुधार र अन्य सकारात्मक आर्थिक संकेतहरूले बजारमा राम्रो लहर देखिएको छ।
प्रतिक्रिया